Hamro Sanchar

अन्ततः गभर्नर अधिकारी प्रकरणमा बोले प्रधानमन्त्री देउवा, दिए यस्तो प्रतिक्रिया

प्रकाशित : २०७९ असार, ३१ गते


Advertisement

काठमाडौं, असार ३१- प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले गभर्नर अधिकारी बारे बिषय उठाएपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

गठबन्धनको बैठकमा नेताहरुले यो विषय उठाएका थिए ।

एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो । त्यसैगरी उनी यसअघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम.अधिकारीको छदम् नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारिक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम.अधिकारी देखाउन नसकेकाले उनी नै उक्त व्यक्ति भएको ठानिएको हो ।


प्रतिकृया दिनुहोस्