Hamro Sanchar

गोरुको मासु लुकाएर ल्याउने तीन जना पक्राउ

रासस प्रकाशित : २०७९ असार, ३१ गते


चितवन, असार ३१- जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।


प्रतिकृया दिनुहोस्