काठमाडौं, असार ३०- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्याप गायक यमबुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’
महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गरेका छन् । यसको पनि अहिले आलोचना भइरहेको छ ।