Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने सम्भावना

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा जारी सुनुवाइमा बिहीबार बहस सकिएको हो...बाँकी

मेरो इच्छा विपरीत सरकारमा जानु पर्‍यो : गगन थापा

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, असार २०- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चार कर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । ‘मेरो इच्छाले हुन्थ्यो...बाँकी

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २०- नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।...बाँकी

जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने, मन्त्रीले आजै राजीनामा दिने

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा...बाँकी

राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्री त्यसै फर्किए

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका...बाँकी

रास्वपाका मन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि...बाँकी

राजीनामा दिने ‘मुड’मा प्रधानमन्त्री प्रचण्ड

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा दिने ‘मुड’मा पुगेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेल्ने नेकपा एमालेले नै सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि अब विश्वासको मतका लागि कुर्ने...बाँकी

रास्वपाले गर्यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका...बाँकी

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

July 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले हिजो सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा...बाँकी

एकीकृत समाजवादीको आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

July 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १९- नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । उक्त...बाँकी