आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मन्त्री घिसिङको प्रष्टिकरण : म आजसम्म कुनै पनि पार्टीको सदस्य छैन

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङले अहिलेसम्म आफू कुनै पनि पार्टीको सदस्य नभएको बताएका छन्। आज ललितपुरमा इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले आफू कुनै पार्टीको सदस्य नभएको प्रष्ट्याएका छन्। घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी गठन...बाँकी

कुलमान लगाएतलाइ प्रधानमन्त्रीको निर्देशन : राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब...बाँकी

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो । प्रवक्ता डा.प्रकाशशरण महतले केही विषय मिलाउन बाँकी रहेकाले बैठक फेरि बस्ने...बाँकी

वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइयो

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ । मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए...बाँकी

काठमाडौंको गैरीगाउँस्थित एक गोदाममा आगलागी

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ। मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘घरबाट सल्किएको हुनसक्छ। छेउमा काठ र फर्निचरको गोदाम पनि छ,’...बाँकी

बालेनले जाँचबुझ आयोगलाई दिए लिखित जवाफ

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगलाई लिखित जवाफ दिएका छन् । भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनबारे जानकारी लिन आयोगले बालेनलाई पत्र...बाँकी

वीरगञ्जको कर्फ्यू बेलुकी ६ बजेसम्म लम्बियो

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेको कर्फ्यू आज बिहान ८ बजेसम्म र...बाँकी

कांग्रेस कार्यालयमा लफडा : प्रदर्शनरत कार्यकर्ता र निधिबिच चर्काचर्की

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि...बाँकी

ईश्वर पोखरेल हटाइए, विष्णु रिमाल बने नीति अनुसन्धान प्रमुख

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व...बाँकी

कार्यकर्तालाई ओलीको निर्देशन : एकैपटक निर्वाचन नहुन सक्छ, तयार रहनू

January 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले देशभर एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । मंगलबार (पुस २२)पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् । ओलीको भनाइ...बाँकी