Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सोलुखुम्बुको थामेमा आएको बाढीमा फसेका ७ जनाको उद्धार (अपडेट)

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो। ‘बाँकी...बाँकी

सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

August 16, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक,...बाँकी

सोलुखुम्बुको थामे गाउँमा बाढी : तल्लो तटीय क्षेत्रका बासीलाई मौमस विभागले भन्यो, सतर्क रहनु

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को...बाँकी

एकैपटक ६० जना सहसचिवको सरुवा : कस्लाइ कहाँ पठाइयाे ?

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारकाले एकैपटक ६० जना सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ६० जनाको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको हो । सरुवा भएर गृह र...बाँकी

पाकिस्तानमा पनि देखियो एमपक्स संक्रमण, खाडी देशबाट आएका थिए

August 16, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्। संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश फर्किएका थिए। संक्रमित व्यक्ति ककसको...बाँकी

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्डबिच भेटवार्ता

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका...बाँकी

गठ्ठाघर दुर्घटना : स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । गठ्ठाघर पुल नकिजै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको देखिएको छ । काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको...बाँकी

काठमाडौं आइपुगे अमेरिकी उप-विदेशमन्त्री बर्मा

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्। उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्। भ्रमणको क्रममा...बाँकी

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको...बाँकी

आज राति ४ घण्टा नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद बन्द हुने

August 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै...बाँकी