Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

चुनाव सार्नुपर्छ भन्ने पूर्वराजालाई रविको जवाफ : चार दिन वर सारौँ

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वराजा ज्ञानेन्द्र शाहको चुनाव सार्नुपर्ने अभिव्यक्तिमा टिप्पणी गर्दै चुनाव सार्ने भए चार दिन वर सार्नुपर्ने बताएका छन्। मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चुनाव...बाँकी

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । न्यायपरिषदको सिफारिस अनुरुप मन्त्रिपरिषदको बैठकले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ । अध्यक्षमा नियुक्त भट्ट काठमाडौं जिल्ला न्यायाधीश हुन् । उनी विगत १० वर्षभन्दा बढी समय सरकारी वकील थिए ।...बाँकी

निर्वाचनलाई लक्षित गर्दै सरकारले दियो ३ दिन बिदा

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन...बाँकी

प्रचण्डको दाबी : नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छ

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् । आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका...बाँकी

कर्फ्यु लगाएर सरकारले मतदातामा त्रास फैलायो : एमाले

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर...बाँकी

वसन्तपुरमा ठड्याइयो चिर, सुरु भयो होली

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार मंगलबार बिहान ७ः१३ बजे चिरोत्थान गरिएको हो।...बाँकी

चुनावी दौडबीच रञ्जु दर्शनालाई पुत्रलाभ

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं.१ की उम्मेदवार रञ्जु दर्शनाले सन्तान जन्माएकी छिन्। काठमाडौंको सिभिल अस्पतालमा रञ्जुले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन्। सुत्केरी...बाँकी

साम्बाको उपचारका लागि विदेशबाट ४१ लाख बढी सहयोग

February 24, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ । साम्बाले उपचारको लागि आर्थिक सहयोग माग गरेसँगै विदेशीबाट २४ घन्टा नपुग्दै...बाँकी

रविलाई निवर्तमान सभामुखको जवाफ : माइक काट्नु सभामुखको व्यक्तिगत निर्णय होइन

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज...बाँकी

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका...बाँकी