Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाको  समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्ल  :  म सदनमा रहूँ वा नरहूँ तर देशले हार्नु हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


Advertisement

रास्वपाको  समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्ल  :  म सदनमा रहूँ वा नरहूँ तर देशले हार्नु हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को समानुपातिक सुचिमा नपरेपछि क्रिकेटर ज्ञानेन्द्र मल्लले आफ्नो धारणा सार्वजनिक गरेका छन् । समानुपातिक सांसद बन्ने चर्चाका बिच सुचिमा नसमेटिएपछि उनले आफु सांसद बनेपनि नबनेपनि देशले भने हार्न नहुने बताएका छन् ।

रास्वपाले आइतबार निर्वाचन आयोगमा बुझाएको ५७ जनाको समानुपातिक सूचीमा मल्लको नाम समेटिएको छैन। रास्वपाले मल्ललाई पनि समानुपातिक तर्फको उम्मेदवार बनाएको थियो।

राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका मल्लले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यसबारे प्रस्टिकरण दिएका हुन्।

‘क्रिकेटबाट मैले सिकेको कुरा, मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ तर मेरो देशले हार्नु हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि लगानी गर्ने सम्पूर्ण मतदाताहरूमा धन्यवाद पनि दिएका छन्।

‘मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जीप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु,’ मल्लले भनेका छन्, ‘म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार(जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो ।

 

 


प्रतिकृया दिनुहोस्