Skip

Hamro Sanchar

संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्।

उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्।

राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रामजी यादवसँग पराजित भए।

यति मात्र होइन, अघिल्लो पटक राष्ट्रिय पार्टी बनेको जनमत यसपटक थ्रेसहोल्डसमेत कटाउन नसकेर खुम्चिन पुग्यो।

संसदीय राजनीति नलडे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने बताएका छन्।

ुदुई पटक व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेँ। एक पटक जितेँ, एक पटक हारेँ। तर दुवै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुसी नै छु,ु प्राइम टाइम टेलिभिजनको अन्तर्वार्तामा उनले भनेका छन्।

२०७५ सालमा ुस्वतन्त्र मधेस गठबन्धनलाई सरकारले कुनै काम गर्न नदिएपछि र जनतामा जान पूर्णतः रोक लगाएपछि पार्टी खोल्नुपर्‍योु भनेर निर्णय गरेको उनले बताएका छन्।

पार्टीको अध्यक्ष बन्न नरेन्द्रप्रसाद चौधरी सहितलाई जनकपुरमा बोलाएर पटक–पटक ुकन्भिन्सु गर्न खोजेको उनले बताएका छन्। उनीहरूले नमानेपछि आफै जनमत पार्टीको अध्यक्ष बन्नुपरेको उनको भनाइ छ।

ु२०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टीको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार थियो। मैले भक्तपुरको बैठकमै यो कुरा राखेको थिएँ। मलाई समानुपातिक, प्रत्यक्ष कतै लड्नु छैन तर म निर्वाचनमा पार्टीका लागि जे पनि गर्न तयार छु। तर साथीहरूले ुतपाईं लड्नुभएन र एक सिट पनि आएन भने हाम्रो पार्टी त सुरू हुनुभन्दा अगाडि नै अन्त्य हुन्छ, तपाईं लड्नै पर्छु भनेर कन्भिन्स गरे,ु राउतले भनेका छन्।

ल्अभिि
सांसद र मन्त्री बन्ने व्यक्तिगत इच्छा नहुँदा नहुँदै निर्वाचनमा लडेको तर परिणाम आएपछि सल्लाह मानेर एकदम ठिक गरेको भन्ने लागेको राउतले बताएका छन्।

ुनलडेको भए त साँच्चिकै जनमत पार्टी राष्ट्रिय पार्टी नबन्ने रहेछ। संसदमै नजाने रहेछ। कम्तिमा आफूले एक सिट प्रत्यक्षमा जित्दा अरू पाँच सिट समानुपातिकमा पाएर जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भयो,ु उनको भनाइ छ।

यसबीच कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔं भनेर मौका खोज्दा–खोज्दा पुनः निर्वाचन लड्नुपरेको उनको भनाइ छ।

सप्तरी–१ र सप्तरी–२ मा उम्मेदवार खोज्दा–खोज्दा नपाएको पनि उनले बताएका छन्।

ुउम्मेदवार खोज्दा–खोज्दा मनोनयन दर्ताको दिन करिब ३ नै बज्यो। म नलड्ने भनेर सप्तरी–१ र सप्तरी–२ का लागि दुई जना उम्मेदवारको फारम पनि भरियो। तर यसलाई अकस्मात् जनता र समर्थकसमक्ष कसरी लग्ने, कसरी जबाफ दिने भनेर अन्यौल रह्यो। त्यही भएर जिल्ला इन्चार्जलाई ५–६ जना मात्र गएर दर्ता गर्ने, कुनै जुलुसहरू नल्याउन भनेर निर्देशन दिइयो, ताकि जम्मा भएको भिडलाई कुनै शक नलागोस्। तर अन्तिम क्षणमा हाम्रो मेयर साहब सहितका केही साथीहरूले सम्झाउनुभयो– तपाईं लड्नु भएन भने पार्टीका उम्मेदवार र कार्यकर्ताको मनोबल गिर्छ, पार्टीले राम्रो गर्दैन, दोष तपाईंलाई आउँछ, बरू तपाईं जितेपछि राजीनामा दिनु होला,ु उनले स्मरण गरेका छन्।

यसपालि आफू नउठे पनि कम्तिमा ४–५ सिट प्रत्यक्षमा आउने ठानेको उनले बताएका छन्। त्यही भएर आफू उठिरहनु उचित नदेखेको उनको भनाइ छ।

ुअन्ततः व्यक्तिगत इच्छाविपरीत फेरि पनि पार्टी र उम्मेदवारको मनोबल गिर्न नदिन उठियो। परिणाम आएपछि फेरि हिस्स१ फेरि लाग्यो( सल्लाह मानेर र उठेर ठिकै गरेको रहेछु। नउठेको भए जनमत पार्टीबाट कोही नजित्नु, जनमत पार्टी राष्ट्रिय पार्टी नबन्नुमा सबै दोष मलाई नै आउँथ्यो। जबकि यस लहरमा परिस्थिति बिल्कुल भिन्न छ। त्यसैले साथीभाइको सल्लाह मान्दै दोस्रो पटक पनि उठेर ठिक गरेछु भन्ने लाग्छ,ु उनले भनेका छन्।

संसदीय राजनीतिबाट टाढा रहनुको अर्थ राजनीतिबाट बीचमै गायब हुनु नभएको उनले बतएका छन्। बरू राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अघि बढाउँदै, जनताका लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने भएको उनको भनाइ छ।

जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध रहेको पनि राउतले बताएका छन्।

ुम सदैव तपाईंहरूको बीचमा रहनेछु। हरेक मोर्चा र संघर्षमा तपाईंहरूसँगै खडा हुनेछु। अधिकार र पहिचानको लडाइँमा सदैव भूमिका निर्वाह गर्नेछु,ु उनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्