५ मंसिर, काठमाडौं । नेपाल र भारतका चर्चित साहित्यकार, लेखक तथा कलाकारहरू सहभागी हुने गरी पुस ११ र १२ गते ललितपुरमा पहिलो साङ्ग्रिला लिटरेचर फेस्टिबल आयोजना हुने भएको छ।
होटल हिमालयमा हुने महोत्सवमा साहित्य, कला, संगीत र संस्कृतिका विविध विषयमा छलफल तथा सांस्कृतिक प्रस्तुति गरिनेछ।
पुस्तक प्रदर्शनी र लेखकसँग प्रत्यक्ष भेटघाटको कार्यक्रमसमेत रहनेछ। महोत्सवमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ।

























