Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री राहत कोषमा १६ अर्बभन्दा बढी मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

१४ असाेज, काठमाडौं  । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग थपिने क्रम जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ मौज्दात पुगेको छ।

कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा १२ अर्ब ५ लाख ९९ हजार ७२९ रुपैयाँ रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर जम्मा भएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि यसअघि नै कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ।


प्रतिकृया दिनुहोस्