Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन सरकारको ६ महिना ‘आशंका सहितको आशा’ : बाबुराम भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारको ६ महिनाको कार्यकाललाई ‘केही आशंका सहितको आशा’ का रूपमा मूल्यांकन गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बिल्कुलै नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका विभिन्न पक्ष बुझ्न र सिक्न केही समय लाग्नु स्वाभाविक भएको बताएका छन्।

तर अब सरकारको मुख्य परीक्षा तीव्र आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको मुद्दामा हुने उनको भनाइ छ।

दशकौँदेखिको सुस्त विकासको गतिले रोजगारीका लागि विदेशिन बाध्य लाखौँ युवाको बढ्दो आकांक्षा सम्बोधन गर्न नसक्ने उनले उल्लेख गरेका छन्।

भट्टराईले केही दशकसम्म बृहद् रोजगारीसहित दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित नेपालको अर्थतन्त्रलाई अल्पविकसित अवस्थाबाट उच्च विकसित अवस्थामा पुर्‍याउने नीति तथा योजना बनाउनुपर्नेमा जोड दिएका छन्।

त्यसका लागि प्रधानमन्त्री मातहत अधिकारसम्पन्न ‘हाई लेभल कमिसन फर इकोनोमिक टेक–अफ’ वा त्यस्तै प्रकृतिको विशेष संरचना बनाएर सिंगापुर, दक्षिण कोरिया र चीनले हासिल गरेको तीव्र विकासको बाटोबाट नेपालले सिक्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन्।

आगामी केही महिना सरकारका लागि थप परीक्षाका महिना हुनसक्ने उल्लेख गर्दै भट्टराईले युवा नेतृत्वको सरकारलाई शुभकामना दिएका छन्।


प्रतिकृया दिनुहोस्