Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पृथ्वी राजमार्ग खुल्दै, आज दिउँसो १ बजेदेखि सबै सवारी चल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

१४ असाेज, काठमाडौं । अविरल वर्षासँगै पहिरो खस्दा र सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गमा यातायात सञ्चालन क्रमशः सहज बन्दै गएको छ।

धादिङका विभिन्न स्थानमा सडकमा खसेका पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। हाल राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार थप पहिरो वा अन्य कुनै अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबैखाले सवारीसाधन पूर्ण रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम अझै कायमै रहेकाले प्रशासनले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना रहेकाले सावधानीपूर्वक यात्रा गर्न र ट्राफिक नियम तथा सडक अनुशासन पालना गर्न पनि अनुरोध गरिएको छ।


प्रतिकृया दिनुहोस्