Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चोलेन्द्रलाई को सँग छ खतरा ? मागे प्रहरीसँग सुरक्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

१२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू र आफ्नो परिवारको सुरक्षाका लागि प्रहरीसमक्ष लिखित आग्रह गरेका छन्।

राणाका छोरा सचिन्द्र शमशेर जबराले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पुगेर उनका तर्फबाट निवेदन दिएका हुन्।

पछिल्लो समय मुलुकको परिस्थिति तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विभिन्न विषयका कारण आफ्नो तथा परिवारको सुरक्षामा जोखिम बढेको महसुस भएको राणाले निवेदनमा उल्लेख गरेका छन्।

राज्यका विभिन्न जिम्मेवार निकायमा काम गरेको र न्यायपालिकाको नेतृत्व गर्दा गरेका निर्णयका कारण समेत सुरक्षा चुनौती देखिएको भन्दै उनले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

प्रहरीसँग सम्बन्धित केही विषयबारे जानकारी प्राप्त भएपछि थप सुरक्षा आवश्यक भएको निष्कर्षमा पुगेको राणाको भनाइ छ।

उनले आफ्नो निवास, परिवारका सदस्य र व्यक्तिगत सुरक्षामा राज्यका सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले राणाबाट सुरक्षा माग गर्दै निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि शनिबार राति प्रहरीले राणालाई नियन्त्रणमा लिएको थियो। उनलाई आइतबार दिउँसो छाडिएको थियो।

उक्त घटनापछि राणाको पक्राउलाई लिएर विभिन्न राजनीतिक तथा सार्वजनिक प्रतिक्रिया समेत आइरहेका छन्।


प्रतिकृया दिनुहोस्