३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढीबारे अध्ययन गर्न संसदीय समिति गठन गर्नुपर्ने कुरा फेरि उठाएको छ ।
आज कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भोटेकोसी बाढीबारे ध्यानाकर्षण गराएका हुन् ।
उनले चाँडै उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उनले भदौ ११ गतेको सर्वदलीय बैठकले गरेको निर्णयअनुसार समिति गठनको माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमित गर्न र प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गरेको विषयमा पनि आफ्ना सुझाव प्रस्तुत गरेका थिए । प्रधानमन्त्री शाह महासभामा भाग लिन न्युयोर्क जाँदैछन् ।
































