Skip

Hamro Sanchar

गगनको प्रस्तावमाथि देउवा पक्षका नेताले गरे छलफल, के गर्लान् निर्णय ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २९ गते


Advertisement

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको बैठक अहिले चुनदेवीमा बसेको छ।

शशांक कोइरालाको संयोजकत्वमा आज कांग्रेसको कार्यसम्पादन समितिको निर्णयलाई लिएर छलफल गर्न बैठक बसेको हो।

कांग्रेसको कार्यसम्पादन समितिले १४ औँ महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सबैलाई केन्द्रीय सदस्यकै हैसियत प्रदान गर्ने निर्णय गरेको थियो।

सो निर्णयपछि इतर पक्षका केही नेताहरूले स्वागत गरेका छन्।

यही विषयमा आधिकारिक निर्णय गर्न बैठक बसिरहेको निवर्तमान सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

बैठकपछि पत्रकार सम्मेलन गरिने उनको भनाइ छ। यद्यपि संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

संस्थापन पक्षले १५ औँ महाधिवेशन असोज ३ गतेदेखि महाधिवेशनको कार्यतालिका तय गरेको छ। इतर पक्षले भने असोज १५ गतेदेखि गर्ने कार्यतालिका बनाएको छ।


प्रतिकृया दिनुहोस्