Skip

Hamro Sanchar

कृष्णभीरमा नयाँ ट्र्याकको परीक्षण, खाली ग्यास बुलेटबाट गरियो ट्रायल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं । धादिङको कृष्णभीरमा सडक मर्मत सुरु भएको १०औँ दिनमा नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालनको परीक्षण गरिएको छ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक भासिएको थियो।

त्यसपछि भासिएको सडकभन्दा माथिल्लो भागको भित्तो काटेर नयाँ ट्र्याक निर्माण गरिएको हो।

नयाँ ट्र्याक सवारी सञ्चालनका लागि उपयुक्त छ कि छैन भन्ने परीक्षण गर्न आज खाली ग्यास बुलेट चलाएर ट्रायल गरिएको हो।

परीक्षणका क्रममा नेपाली सेनाको टोलीसमेत कृष्णभीर पुगेको थियो।

धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि नयाँ ट्र्याकको निरीक्षण गर्दै सडक पुनः सञ्चालनको तयारीबारे अवलोकन गरेको छ। हाल नयाँ ट्र्याकबाट नियमित रूपमा सबै सवारीसाधन सञ्चालनमा ल्याइएको छैन।

सडकको सुरक्षा र अवस्थाबारे थप परीक्षण तथा निरीक्षणपछि मात्रै यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

 


प्रतिकृया दिनुहोस्