Skip

Hamro Sanchar

मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना : २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, सुनसरी । इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्प- पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

गएराति पौने ३ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी, र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

दुवै जनाको उद्धार गरी बिहान साढे ३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाएको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ बस्ने २९ वर्षीय पारस थापाको बिहान ५:११ बजे मृत्यु भएको अस्पतालमा खटिएको प्रहरी कर्मचारीमार्फत जानकारी प्राप्त भएको छ ।

त्यस्तै, मोटरसाइकलमा पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी इनरुवा नगरपालिका-३ बस्ने ३४ वर्षीय सागर रेग्मीको उपचारका क्रममा बिहान ४ बजेर ५२ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्