Skip

Hamro Sanchar

बेँसीसहर–चामे सडक आज दिनभर बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

२७ भदौ, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३, धारापानीमा बाटो ढलान गर्न आज बिहान ९ देखि साँझ ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने भएको छ ।

धारापानी क्षेत्रमा १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्न लागेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका निम्ति वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले बाटो पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए ।

यस दिन बिहान ९ देखि साँझ ५ बजेसम्म यहाँ कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । साँझ ५ देखि भोलि बिहान १० बजेसम्म भने भारी सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए ।


प्रतिकृया दिनुहोस्