Skip

Hamro Sanchar

ग्यासमा कालोबजारि : ७०५ सिलिन्डर ग्यास सहित पक्राउ परे दिनेश

प्रति सिलिन्डर २७ सय ५० मा बेचेकाे खुलासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २६ गते


Advertisement

२६ भदौ, काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ।

ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार स्टोरबाट ७०५ वटा ग्यास सिलिन्डर बरामद गरिएको छ।

बजारमा ग्यास अभावको देखाउँदै कालोबजारी गर्ने उद्देश्यले ग्यास लुकाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

पक्राउ परेका लुइँटेलले प्रति सिलिन्डर २ हजार ७ सय ५० रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरेको समेत खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्