चितवन । भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































