Skip

Hamro Sanchar

भोटेकोसि बाढी : १३ सय ७७ जनाको मृत्यु, अझै ५१ सय सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ३७७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बिहीबार साँझसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा एक हजार ३७७ जनाको शव भेटिएको छ। सबैभन्दा बढी ३६४ जनाको शव भेटिएको छ।

त्यस्तै, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको । बाढीमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

उनीहरूमध्ये १०४ जनाको मात्रै सनाखत भएको छ। उनीहरूको शव परिवारजनलाई हस्तान्तरण गरिसकिएको छ। अन्य मृतकको शव सनाखत हुन सकेको छैन।

बाढीपछि पाँच हजार १३० जना सम्पर्कविहीन छन्। सबैभन्दा बढी रसुवाका एक हजार ३९३ जना सम्पर्कविहीन छन्।

त्यस्तै, रसुवाबाट विभिन्न जिल्लाका एक हजार २८६ जना सम्पर्कविहीन छन्। नुवाकोटबाट स्थानीय ६५१ र अन्य जिल्लाका एक हजार ९३६ जना सम्पर्कविहीन बनेका छन् ।


प्रतिकृया दिनुहोस्