Skip

Hamro Sanchar

प्रधानसेनापतिसँग छलफलमा प्रधानमन्त्री, आजै प्रहरी र सशस्त्र प्रमुखलाई पनि भेट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले छलफल सुरु गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।

प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ ।


प्रतिकृया दिनुहोस्