२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सदनलाई सम्बोधन गर्न सभामुखसँग विशेष समय माग गरेको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, कुशासन र अवसरको असमानता विरोधातर्फ लक्षित गर्दै युवाहरूले शुरू गरेको जेनजी आन्दोलन र त्यसले देशको राजनीतिमा ल्याएको फेरबदलको एक वर्ष पुगेको दिन संसद्मा रविको सम्बोधन हुन लागेको हो ।
































