Skip

Hamro Sanchar

गृहमन्त्रीको गर्जन : हामी राजनीति सिक्न होइन सिकाउन आएका हौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको बताएका छन् ।

जेन–जी सहिद दिवसका अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताए ।

‘हाम्रो भविष्य हामी आफैं कोर्नेवाला छौं, अरुलाई कोर्ने दिनेवाला छैनौं । हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ, उनले भने, यही हो राजनीति, नयाँ राजनीति ।

आफूहरु चुनाव लडेर जितेर दुई तिहाइको बहुमत ल्याएर आएको उनले बताए । राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर जो नेतागणहरू हामीलाई भाषण सुनाउनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु, त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो,’ उनले भने ।


प्रतिकृया दिनुहोस्