२३ भदौ, काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआराधना गरेका हुन् ।
राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले पुजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।
राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
यसअघि सोमबार राष्ट्रपति पौडेल भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएका थिए।































