Skip

Hamro Sanchar

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, यस्तो छ एजेन्डा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुनेछ ।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस्