Skip

Hamro Sanchar

सेनाको अनुमान : सुरुङमा १२१ जना मात्रै फसेको देखिन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २२ गते


Advertisement

२२ भदौ, काठमाडौं । नेपाली सेनाले रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्।

उनले सबै टनेल ब्रेकथ्रु नहुदासम्म खोजी तथा उद्धारको काम जारी राख्ने पनि बताए । उनले जलविद्युत‌का अन्य व्यक्तिहरू बाहिरी भागमा परेको पनि अनुमान रहेको बताए।

सहायक रथी थापाले जलविद्युत् आयोजनाको टनेलमा भएको क्षतिलाई आकलन गर्दा बाढी तथा लेदो करिब १ सय ८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए ।


प्रतिकृया दिनुहोस्