२२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले विपद्का बेला ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीको तलब तथा सेवा सुविधा बढाउन सरकारसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै शाहीले सुरक्षाकर्मीलाई भाषण, भिडियो वा सामाजिक सञ्जालमार्फत धन्यवाद दिएर मात्र उनीहरूको योगदानको सम्मान नहुने बताएका छन्।
उनले जोखिमअनुसार उनीहरूको पारिश्रमिक, बीमा, स्वास्थ्य सेवा, आवासलगायत सुविधा बढाउन सरकारलाई आग्रह गरेका छन्।
शाहीले भोटेकोशीलगायतका विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले आफ्नो ज्यानको परवाह नगरी उद्धारमा खटिएको उल्लेख गरे।
कतिपय सुरक्षाकर्मी अक्सिजनबिनै जोखिमपूर्ण सुरुङभित्र प्रवेश गरेर बेपत्ता नागरिकको खोजीमा समेत खटिएको उनले बताए।
उनको भनाइमा, ‘स्याबासी’ भन्दा सुरक्षाकर्मीको जोखिमको वास्तविक मूल्यांकन गर्दै राज्यले उनीहरूको सेवा सुविधा सुधार गर्नुपर्छ।
शाहीले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाएर सुरक्षाकर्मीको तलब वृद्धि गर्न प्रधानमन्त्रीसँग आग्रहसमेत गरेका छन्।
यद्यपि सरकारले यसअघि नै प्राकृतिक विपद्का बेला उद्धारमा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता र दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरिसकेको छ।
बिपतमा खटेेका प्रहरी, शसस्त्र र नेपमल आर्मिलाइ प्रधानमन्त्री बालेनले स्याबासी दिएपछि शाहिले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै यस्तो आग्रह गरेका हुन् ।
































