१९ भदौ, काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिस जीवितै भेटिएका छन्। उक्त मानिसको उद्धार भइसकेको छ।
इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट एक जना सञ्जय साहको उद्धार गरिसकिएको छ।
उद्धारमा खटिएका इन्जिनियर उदय न्यौपानेका अनुसार अहिले अर्का व्यक्तिको उद्धार भइरहेको छ।
































