१९ भदौ, काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन् ।
यो रकम नेपाली रूपैयाँ १ अर्ब ५२ करोड रूपैयाँभन्दा बढी हुन्छ।
सीईओ ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेका हुन् । रसुवा बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उक्त रकम सहयोग गरिएको हो ।
व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट उद्धार कोषमा प्राप्त सहयोगमध्ये यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ ।
































