Skip

Hamro Sanchar

भदौ २२ गते राष्ट्रिय शोक मनाइने, राष्ट्रिय झण्डा आधा झुकाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

निर्णय सुनाउँदै शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले भने, “भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।


प्रतिकृया दिनुहोस्