१८ भदौ, काठमाडौं । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत होर्मुज स्ट्रेट अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै यसको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न सकिने बताएका हुन्। उनले अमेरिकाजस्तै यो जलघाँटी पनि पहिलेभन्दा बढी ‘हट’ हुने टिप्पणी गरेका छन्।
यसैबीच होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आुक्रमणमा फिलिपिन्सका दुई नाविकको मृुत्यु भएको साउदी अरबको एक शिपिङ कम्पनीले बुधबार जनाएको छ। ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान अज्ञात विमानले दुई तेल ट्यांकरलाई निशाना बनाएको थियो।
बीबीसी फारसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजसँगको कुराकानीमा सबैलाई इरानबाट टाढा रहन आग्रह गरेका छन्। उनका अनुसार संघर्ष अन्त्य गर्ने सबैभन्दा छिटो उपाय इरानी शासनलाई कुनै पनि किसिमको समर्थन नगर्नु हो।
उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले ‘नयाँ रणनीति’ सामना गर्नुपर्ने चेतावनी दिएका छन्। युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीका क्षेत्रमा इरानले अपनाउने नयाँ रणनीतिले अमेरिकाको आधार नै ध्वस्त पार्ने उनको दाबी छ।
मंगलबार राति अमेरिकी सेनाले इरानका पश्चिम, दक्षिणपश्चिम र दक्षिणी प्रान्त तथा तटीय क्षेत्रसँगै होर्मुज स्ट्रेटको पूर्वी क्षेत्रमा आुक्रमण गरेको बताइएको छ।
इरानी अधिकारीहरूका अनुसार होर्मुजको कोहस्ताक सहरमा भएको एक आुक्रमणमा विवाह समारोहमा सहभागी चार जनाको मृुत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त आुक्रमणलाई ‘युुद्ध अपराध’ को संज्ञा दिएका छन्।
































