१८ भदौ, काठमाडौं । भुटान सरकारले भोटेकोसी बाढीपीडितका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ ।
बुधबार दिल्लीस्थित नेपाली दूतावासमा भुटान सरकारले सहयोग हस्तान्तरण गरेको हो ।
भारतका लागि भुटानी राजदूत भेत्सोप नामग्यालले दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि सुरेन्द्र थापालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोगप्रति नेपालले धन्यवाद व्यक्त गरेको छ ।
































