Skip

Hamro Sanchar

सरकारको ध्यान विपत्तिमा, कर्मचारीको ध्यान घुसमा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १६ गते


Advertisement

१६ भदौ, काठमाडौं । रसुवा बाढी विपत्तिको समयमा सरकार राहत, उद्धार र नागरिकको सुरक्षामा जुटिरहेका बेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका कर्मचारी भने घुस प्रकरणमा पक्राउ परेका छन्।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

अख्तियारका अनुसार सेवाग्राहीको स्टक्चर एनालाइसिससम्बन्धी काम स्वीकृत गरिदिने भन्दै पटक–पटक बार्गेनिङ गरी घुस मागिएको थियो। सोही क्रममा ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

पक्राउ परेका दुवैजनामाथि घुस–रिसवतसम्बन्धी भ्रष्टाचार कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि विशेष अदालतबाट म्याद थप गरिएको अख्तियारले जनाएको छ।


प्रतिकृया दिनुहोस्