१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवा बाढीप्रभावितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले १० भदौमा रसुवास्थित भोटोकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षेतिग्रस्त संरचनाको पुनर्निर्माण एंव विपद व्यवस्थापनमा कर्णाली सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड जम्मा गर्ने निर्णय गरेको हो ।































