१६ भदौ,काठमाडौं । भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन्।
गत बुधबार आएको बाढीले रसुवागढी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ। प्राकृतिक विपत्तिमा परी १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ४ हजार बढी बेपत्ता छन्।
रसुवागढी बन्द भएपछि व्यापारीहरूले वैकल्पिक रूपमा तातोपानी नाकाबाट सामान आयात गर्न पहल गरिरहेका बेला चिनियाँ पक्षले इमेल पठाएर तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको छ।
चिनियाँ पक्षले नाका किन बन्द गरेको र कहिलेसम्म बन्द गर्ने भन्ने केही खुलाएको छैन। अर्को सूचना नआएसम्म नाका बन्द गर्ने जानकारी दिएको गिरीले बताए।
अब व्यवसायीले चीनबाट आयात गर्न अब कोरला नाका प्रयोग गर्नुको विकल्प छैन। नाकाहरू ठप्प हुँदा चाडपर्वका लागि अर्डर गरिएका लत्ताकपडा, विद्युतीय सामग्री र सवारीसाधन सीमापारि नै रोकिएका छन्।
रसुवा नाकाबाट मात्रै बीवाईडीका करिब १ हजार विद्युतीय सवारी तथा स्पेयर पाट्र्स बोकेका कन्टेनर बाढीमा बगेका छन्।
































