Skip

Hamro Sanchar

भोटेकोसि बाढी : प्रधानमन्त्री बालेनले लिए तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् ।

उनले केही बेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए । प्रधामन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री शाहले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले अब केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन् ।

यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने सचिवालयले जनाएको छ ।

अहिले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका २० हजार बढी सुरक्षाकर्मी परिचालित छन् ।


प्रतिकृया दिनुहोस्