Skip

Hamro Sanchar

इरानको प्रतिकारमा १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ५ गते


५ साउन, काठमाडौं । इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अहिलेसम्म ४३० भन्दा बढी अमेरिकी सेना घाइते भएका छन्।

अल जजिराका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिकी सेनाले उल्लेख्य क्षति व्यहोरेको छ।

उता, इरानी अधिकारीहरूले यस महिनादेखि अमेरिकाले गरेको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र ५१७ जना घाइते भएको बताएका छन्।

इरानले अमेरिकी आक्रमणबाट भएको सैन्य तथा भौतिक पूर्वाधारको क्षतिबारे भने अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

यसैबीच इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले इरानविरुद्ध जारी युद्धमा इजरायल प्रत्यक्ष रूपमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन्।

 


प्रतिकृया दिनुहोस्