
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
कोरियाले ईपीएसअन्तर्गत ७ हजार २ सय कोटाका लागि आवेदन माग गरेको छ ।
एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको आवेदन माग गरिएको छ । सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाको तयारी गरेको हो ।
आवेदन अनलाइनमार्फत आगामी जुलाई २७ देखि अगस्ट २ सम्म दिन सकिनेछ । सूचना अनुसार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुने सूचनामा उल्लेख छ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ ।






























