Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ललितपुरको महालक्ष्मीस्थानमा कसरी भासियो सडक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ५ गते


Advertisement

५ साउन, काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ।

महालक्ष्मी नगरपालिका ३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ।

सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेको छ।

सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो।

सडक भासिँदा फर्निचरभित्र ६ जना थिए। बाहिरबाट ठूलो आवाज आएपछि उनीहरु भागेर निस्किएका थिए।

फर्निचरमा गाडिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर संचालकले बताएका छन्।


प्रतिकृया दिनुहोस्