Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रुकुम पूर्व केन्द्र भएर शक्तिशाली भुकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३ गते


Advertisement

३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर शनिबार साँझ ५ म्याग्निट्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु बनाएर स्थानीय मापनअनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ। अर्घाखाँची, दाङ र रोल्पालगायतका क्षेत्रमा स्थानीयले भूकम्पको कम्पन महसुस गरेको बताएका छन्।

हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट थप विवरण संकलन भइरहेको छ ।


प्रतिकृया दिनुहोस्