Skip

Hamro Sanchar

प्रेमिकासँग विवाह गराइदेउ भन्दै जब एक युवक टेलिकमको अग्लो टावर चढे…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३ गते


३ साउन, काठमाडौं । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै सर्लाहीको मलंगवामा एक युवक नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् ।

गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आज बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेको प्रहरीले जनाएको छ ।

टावरमा पुगेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए । त्यसलगत्तै घटनास्थल पुगेका प्रहरी अधिकारीहरूसँग हुसेनले एउटा माग राखे( प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने १ अन्यथा सोही टावरबाट हाम फाल्ने उनको चेतावनी थियो ।

प्रहरी अधिकारीहरूले सम्झाइ बुझाइ गरेपछि उनी तल झर्न तयार भए । प्रहरीका अनुसार प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर उनलाई सुरक्षित उद्धार गरेका हुन् ।

प्रारम्भिक जानकारीअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबिच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

यद्यपी घटनाबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्