
३ साउन, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आज बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।






























