Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २ गते


Advertisement

२ साउन, चितवन । लगातार वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना तथा अन्य जोखिम बढ्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासनले आवश्यक सूचना, सहयोग, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी ९१०००, सशस्त्र प्रहरी बल ९१११४०, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र ९१२३४० तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्