Skip

Hamro Sanchar

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


३० असार, चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्