Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गणेश नेपालीको परिवारलाई बालेन सरकारले के–के दिने भयो, के भयो सहमति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २८ गते


Advertisement

२८ असार, काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको निधनपछि उत्पन्न विवादमा सरकार र पीडित परिवारबीच सहमति भएको छ ।

परिवारले उचित राहत र घटनाको निष्पक्ष छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गरेपछि सरकार, काठमाडौं महानगरपालिका र परिवारबीच छलफल भएको थियो ।

सहमति अनुसार गणेश नेपालीको परिवारलाई उचित राहत उपलब्ध गराइने, उनकी छोरीको उच्च शिक्षासम्मको जिम्मा लिइने तथा श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने भएको छ।

त्यस्तै, घटनाको निष्पक्ष अनुसन्धान गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति जुटेको छ । सहमतिपछि परिवारले शव बुझ्ने बाटो खुलेको छ ।

 


प्रतिकृया दिनुहोस्