
२७ असार, काठमाडौं । सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
डुबानबाट प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टिमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लछारपछार गर्दै उनलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो ।
घटनाप्रति नेपाल जेन-जी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ।






























