Skip

Hamro Sanchar

बझाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २७ गते


२७ असार, बझाङ। बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।

त्यस्तै, दुर्घटनामा परेर ५ जना घाइते भएको सीडीओ केशरीले बताए ।

उनका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।


प्रतिकृया दिनुहोस्