
२५ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहीलाई गाली नगर्न आफ्ना कार्यकर्तालाई सुझाव दिएका छन् ।
गल्तीले झुक्किएर पनि प्रधानमन्त्री र मन्त्रीका विरुद्ध चुइँक्क नबोल्न आग्रह गरेका हुन् ।
एमाले शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न गठित कार्यदलको बैठकमा आज उनले नत्र झ्यालखाना जानुपर्ने अवस्था आउने भन्दै सतर्क गराएका हुन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा ओलीले भने, “अब बोल्ने बेलामा होस् गर्नुस्, लेख्ने बेलामा होस् गर्नुस्, प्रसारण गर्ने बेलामा बेस्सरी होस् गर्नुस् । गाली हामीलाई गर्नुस्, सरकारतिर होइन ।”





























